२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विज एयरले सेप्टेम्बरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने


2.041k
Shares

काठमाडौं । नेपालको दोश्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको सो वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ ।

गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्न विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले रुची देखाएका छन् ।

यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३ सय २१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १ सय ९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो ।

उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ ।

विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताउनुभयो ।