नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ


325
Shares

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन निजी क्षेत्रलाई सचेत गराउनुभयो । राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ ।

नेपाल उच्च शिक्षाको हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रमा विदेशिनी लगानी रोक्न सरकारले नेपाललाई एजुकेशन हब बनाउन नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न लागेको बताउनुभयो ।