सोलुखुम्बु, वैशाख १५ । सगरमाथा राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपी तस्करहरुले सातओटा कस्तुरी मारेका छन् ।
विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको घ्वाला लो भन्ने क्षेत्रमा कस्तुरीलाई पासोमा पारेर मारिएको हो ।
खुम्बु पासाङल्हामू गाउँपालिकाकास्थित जंगलमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको कस्तुरी मृगको बहुमूल्य नाभी बिक्री गर्नका लागि सिकारीले पासो थापेको बताइएको छ ।
जंगलमा जाँदा स्थानीयले मृत कस्तुरी फेला पारेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।
मारिएका कस्तुरीमध्ये केहीको नाभी झिकिएको छ ।
कस्तुरी मार्नका लागि विभिन्न स्थानमा ५४ ओटा पासो थापेकोसमेत फेला परेको छ ।
लकडाउनमा गस्ती कम हुने मौका छोपेर तस्करले कस्तुरीको सिकार गरेको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्