Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


गायक भीम निरौलाले गीत गाउँदा बेलायतको रियालिटी शो गुन्जायमान


0
Shares

काठमाडौं । सन् २०१३ मा सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु बोलको गीत गाएर चर्चामा आएका गायक भीम निरौला बेलायतमा संचालन भइरहेको ब्रिटेनस् गट ट्यालेन्ट रियालिटी शोमा सहभागी भएर सोही गीत गाएपछि पुनःचर्चामा आएका छन् ।

हाल, बेलायतको रेडिंगमा बस्दै आएका उनले यो गीत आफ्नो श्रीमतीको लागि लेखेको बताउँदै गाएका थिए ।

रियालिटी शोका चारजना निर्णायक मध्येका एक सिमोन फिलिप कोवेलले असन्तुष्टि जनाएका थिए भने बाँकी तीन जना निर्णायक तथा उपस्थित दर्शकहरु रमाइरहेका देखिन्थे ।

५४ वर्षिय भिम निरौला पेशाले होटल म्यानेजर हुन् । गट ट्यालेन्टको फ्रन्चाईज शोको रुपमा रहेको ब्रिटेनस् गट ट्यालेन्ट सन् २००७ बाट सुरु भएको थियो भने हाल २० औँ संस्करण चलिरहेको छ । 

यस संस्करणका लागि बेलायती व्यवसायी तथा अभिनेता सिमोन फिलिप कोवेल, अभिनेत्री, गायिक एवंम प्रस्तोता अमेन्डा होल्डेन, गायिक एवंम सञ्चारकर्मी अलिशा डिक्सन र लेखक एवंम अभिनेता डेभिड वालियमस्ले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

विश्वभर चर्चामा रहेको अन्र्तराष्ट्रिय फ्रेन्चाईज शो गट ट्यालेन्ट विश्वका विभिन्न देशहरुमा निर्माण तथा प्रसारण भइरहेका छन् ।