‘फेबर’ले दुई महिनाभित्र बुटवल र नारायणगढमा स्टोर सञ्चालन गर्ने « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


‘फेबर’ले दुई महिनाभित्र बुटवल र नारायणगढमा स्टोर सञ्चालन गर्ने


494
Shares

काठमाडौं । फेबर ब्राण्डले आगामी दुई महिनामा बुटवल र नारायणगढमा स्टोर सञ्चालनमा ल्याउने भएको छ ।

१५ वर्षयता हरेक नेपालीको चिरपरिचित ब्राण्डले काठमाडौं, विराटनगर, विर्तामोड र पोखराबाट सामान बिक्री गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै छुट्टै स्थान बनाएर औद्योगिक सफलता प्राप्त गरिरहेको कम्पनीले नेपालमा ७ वटा प्लाटेनम स्टुडियो बनाएको छ ।

चर्चित घरायसी सामानको ब्राण्ड फाइबरले विश्व बजारमा इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत सामानको उत्पादन गर्दै आएको छ ।