Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ ट्रेलर सार्वजनिक


429
Shares

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक भएको छ ।

कमेडी जनरामा निर्माण भएको फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो ।

३ मिनेटको ट्रेलरमा फिल्मको हिरोइन बन्न संघर्ष गरिरहेकी केकी अधिकारी र उनको पछि लागेका चार जना पुरुष पात्रको कथालाई देखाइएको छ ।

फिल्ममा केकी लगायत रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, अनिता श्रेष्ठ, पुर्णचन्द्र पोखरेल, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्माको पनि अभिनय छ ।

ह्याप्पी फिल्मस् प्रा.लि. को व्यानरमा निर्माण भएको फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह निर्मातामा छन् । फिल्ममा दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

ट्रेलर :