
काठमाडौं, बैशाख १४ । सार्वजनिक लेखा समितिले सात दिनभित्र स्वास्थ्य उपकरण खरिद प्रक्रियाका कागजात पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई निर्देशन दिएको छ ।
समितिले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मगाइएका स्वास्थ्य सामग्री खरिदका सन्दर्भमा छानबिन शुरु गर्दै मन्त्रालयलाई पत्र पठाएको हो ।
यसका लागि समितिले मन्त्रालयलसँग सम्बन्धित कागजपत्र बुझाउन निर्देशन दिएको विज्ञप्ती जारी गरी जनाएको छ ।
कोभिड—१९ नियन्त्रणका लागि स्वास्थ सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद कार्य अघि बढाएको र पछि रद्द गरिएको थियो ।
यससन्दर्भमा छानबिन अगाडी बढाउन आवश्यक देखिएकाले मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा विवरण ७ दिन भित्र बुझाउन पत्राचार गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्