Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा


3.1k
Shares

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो ।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो ।

‘बाध्यात्मक रूपमा यस संघसँगग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो ।