२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


‘आरडिटी’ पोजेटिभ देखिएकी वीरगञ्जकी २३ वर्षीय युवतीको मृत्यु


0
Shares

काठमाडौं । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

ब्लड क्यान्सर रोगबाट पीडित युवतीको तीन पटक आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।

हिजो बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्जमै रहेको तराई हस्पिटलमा पुर्‍याइएको थियो ।

युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो ।

मृत्युको कारण यकिन गर्न युवतीको थ्रोट स्वाब संकलन गरेर पिसिआर परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको छ ।

युवतीको मृत्युसँगै वीरगञ्जको अशोकबाटिका टोलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।