Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


अर्घाखाँचीमा कोरोना परीक्षण गरिएका ४१ जनाकै रिपोर्ट नेगेटिभ


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा अहिलेसम्म ४१ जनामा कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भारत तथा अन्य मुलुकबाट आएका र कोरोना संक्रमितसँगै आएका ४१ जनाको यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

जिल्लाका स्थानीय सरकारले बनाएको क्वारेन्टाइन तथा आईशोलेसनमा रहेकाहरुकोसमेत यापिड टेस्ट गरिएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर स्वाब परिक्षणकालागि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल पठाएका ९ जना सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।