Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


जङ्गली जनावरको मासुसहित दुइ जना पक्राउ


0
Shares

काठमाडौं । जङ्गली जनावर मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दुई जनालाई पक्राउ गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ लुङगुर्पाका वर्ष ३९ का हीराबहादुर गुरुङ र वर्ष ३४ का टपिन्द्रबहादुर गुरुङलाई पक्राउ गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रहरीले उनीहरुको साथबाट जंगली जनावरको मासु र दुई थान भरुवा बन्दूकसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबीसेबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वमा टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुका घरमा खानतलासी गर्दा मृग वा मृग जस्तै जंगली जनावरको मासु सुकाइ राखेको अवस्थामा फेला परेकोले पक्राउ गरी अनुसन्धान थालेको काफ्लेले जानकारी दिए ।