१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024


बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा


91
Shares

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १० ओटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ । जिल्लामा उक्त उमेर समूहका ४ हजार २६८ बालबालिका रहेका छन् ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण समेत गर्ने गर्दछ ।

१६ देखि २३ महिना सम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए/नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरेको थियो । प्रत्येक स्थानीय तहका ३/३ वडामा घुरधुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो ।

२०७२ असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।