३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


दैनिक उपभोग्य सामग्रीको ‘पर्याप्त मौज्दात’, अहिलेकै मौज्दातले ६ महिना धान्ने दाबी


0
Shares

काठमाडौं, वैशाख १३ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको मौज्दात पर्याप्त रहेको भन्दै आत्तिनुनपर्ने बताएको छ ।

निजी तथा सरकारी क्षेत्रसँग खाद्यान्न, दाल र तेलको मौज्दात रहेको र आयातसमेत भइरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले सरकारी तथा निजी क्षेत्रसँग एक लाख ४४ हजार ५०० मेट्रिकटन चामल, एक लाख ५३ हजार मेट्रिकटन नुन र १६ हजार ८१ मेट्रिकटन दाल रहेको दाबी गरेको छ ।

यस्तै, खानेतेल ८१ हजार २१२ लिटर मौज्दात रहेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

यस अवधिमा नियमित आपूर्ति भइरहेको र अहिलेको मौज्दातले नै ६ महिनालाई धान्ने उनको दाबी छ ।

अनुगमनलाई ‘तीव्रता’

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘लकडाउन’को अवधिमा पनि बजारमा कालोबजारी हुने भएकोले अनुगमनलाई तीव्रता दिइ लकडाउनको अवधिभर २६ ओटा कम्पनी तथा फर्ममाथि कारबाही गरेको विभागका महानिर्देशन नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

यस्तै, विभागले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा ‘अनलाइन डेलिभरी’ तथा ‘मोबाइल भ्यान’मार्फत् खाद्यान्न आपूर्ति गरिरहेको महानिर्देशक सुवेदीले बताए ।

खाद्य आपूर्तिमा समस्या आउन नदिन स्थानीय तहलाई पनि जिम्मेवार बनाइएको पनि विभागले बताएको छ ।