चितवन, वैशाख १३ । चितवनको भरतपुर अस्पतालमा उपचारमा रहेका राप्ती नगरपालिका–८ निवासी २७ वर्षीय युवा पूर्णरुपमा निको भएका छन् ।
गएको चैत ३ गते बेलायतबाट आएका उनी र उनकी आमालाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
युवकको दुईओटा परीक्षणमा ‘नेगेटिभ रिपोर्ट’ आएपछि उनलाई अस्पतालले निको भएको घोषणा गरेको हो ।
उनीसँगै भर्ना भएकी उनकी आमाको भने अझैपनि कोरोना निको भइनसकेको अस्पतालले जनाएको छ ।
आमालाई निको नभएकाले छोरा आमाको कुरुवाको रुपमा अस्पतालमै बसेका छन् ।








प्रतिक्रिया दिनुहोस्