धादिङका किसानले लुटे रासायनिक मल « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


धादिङका किसानले लुटे रासायनिक मल


338
Shares

काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् ।

मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले जबर्जस्ती मल झिकेर लगेका हुन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो ।

त्यसपछि सशस्त्र प्रहरीे बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले ट्रक रोकेर मल खोसेका हुन् । नेपालमा विदेशबाट मल आयातको जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्रै छ । तर, त्यो मल व्यापारीले ल्याएका थिए । सो जानकारी राजश्व अनुसन्धान विभागले पाएको थियो ।

त्यसैले, राजश्व अनुसन्धान विभागले मल समातेको थियो । समातिएको मल राजश्व अनुसन्धान विभाग हरिहर भवन आउँदै थियो । त्यो सूचना धादिङको किसानले थाहा पाएपछि गाडी रोकेर मल लुटेका थिए ।

पछिल्लो समय नेपालमा मलको चरम अभाव छ । किसान जति मूल्य परे पनि मल किन्न तयार छन् । तर, सरकारले आवश्यक मल उपलब्ध गराउन सकिरहेको छैन् ।