Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


बागलुङकी १९ वर्षीया युवती कोरोना संक्रमणबाट मुक्त


0
Shares

बागलुङ, वैशाख १२ । बागलुङ जिल्लाको पहिलो कोरोना संक्रमित १९ वर्षीया युवती कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।

कोरोना परीक्षणको छैटौं ‘रिपोर्ट नेगेटिभ’ आएपछि बागलुङ नगरपालिका–४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटालाई शुक्रबार ‘डिस्चार्ज’ गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

ती युवतीको यसअघिका चारओटा कोरोना परीक्षणको स्वाब रिपोर्ट  ‘पोजिटिभ’ आएको थियो ।

उनी गत चैत ४ गते बेल्जियमबाट कतार एअरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन् । उनको कोरोना परीक्षण गर्दा चैत १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसअघि, यसै साता नेपालको छैटौं तथा जिल्लाको दोस्रो संक्रमित बागलुङ नगरपालिका–३, गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेकी छन् ।