संसदीय समितिको निर्देशन: एसपीपीमा संलग्न नहुने जानकारी देऊ « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


संसदीय समितिको निर्देशन: एसपीपीमा संलग्न नहुने जानकारी देऊ


130
Shares

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालगायतसँग एसपीपी’ विषयमा छलफल गरेपछि समितिले यस्तो निर्देश गरेको हो ।‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिक हिस्साका रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले सो कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा उल्लेख छ ।

यसैगरी, समितिले सरकारसँग एसपीपीसँग सम्बन्धित सबै कागजपत्र माग गरेको छ । समितिको बैठकमा एसपीपी’ विषयमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका थिए । समिति सभापति पवित्रा निरौलाले एसपीपी’ विषयमा अहिलेसम्म भएका सबै प्रक्रिया र त्यससँग सम्बन्धित कागजपत्र मागिएको बताइन् । उनले छानबिन समिति भने नबनाएको जानकारी दिइन् । बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव अगाडि नबढाउने बताए ।

मन्त्री खड्काले एसपीपीसँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव नेपाललाई स्वीकार्य नहुने भन्दै राष्ट्रिय हितमा नभएकाले अगाडि नबढाउने स्पष्ट पारे । नेपाली सेना र अमेरिकी दूतावासबाट यस’ विषयमा विज्ञप्ति आइसकेको भन्दै यस’दयगत थप चर्चा नगर्न उनले समितिका सभापतिलाई आग्रह गरे । ‘यो’दयगतमा स्पष्ट आइसकेको छ । यो कार्यक्रम हामीलाई स्वीकार्य छैन । यो अगाडि बढ्नेछैन र बढाइनेछैन,’ उनले भने, ‘यो राष्ट्रिय हितमा छैन, अन्तर्राष्ट्रिय प्रतिबद्धताले पनि स्टेट पार्टनरसिप प्रोग्राम कार्यान्वयन हुँदैन भनिसकिएको छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले कार्यान्वयन हुँदैन भनेपछि नहुने जिकिर गरे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।