२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


भोजपुरका कोरोना संक्रमितलाई विराटनगर लाने तयारी


0
Shares

भोजपुर, वैशाख १२ । भोजपुरका कोरोना संक्रमित युवालाई थप उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लाने तयारी गरिएको छ ।

भोजपुर, हतुवागढी गाउँपालिकाका २६ वर्षीय एक युवाको ‘पीसीआर’ विधिमार्फत् परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई विराटनगर पठाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

साउदी अरबबाट फागुन ३० गते काठमाडौं आएका उनी सुनसरी र उदयपुर हुँदै भोजपुर आइपुगेका थिए ।

परीक्षणका लागि ‘र्‍यापिड किट’ अभाव भएकोले संक्रमित युवासँग घुलमिल गरेका अन्य व्यक्तिको परीक्षणमा समस्या भएको छ ।

हतुवागढी गाउँपालिकालगायत यस गाउँपालिकासँग सिमाना जोडिएका आमचोक, रामप्रसाद राई र पौवादुङमा गाउँपालिकाको नाका ‘सिल’ गरिएको छ ।