Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपालमा एक व्यक्तिमा मंकीपक्क संक्रमणको आशंका, टेकु अस्पताल भर्ना


1.2k
Shares

काठमाडौं । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एक जनालाई क्वारेन्टिनमा राखिएको छ ।

दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुमा भर्ना गरिएको हो ।

शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले मंकीपक्सको लक्षण देखिएका व्यक्तिको अहिले चेकजाँच तथा उपचार भइरहेको जानकारी दिनुभयो ।