अन्तिम खेलमा नेपाल पराजित « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


अन्तिम खेलमा नेपाल पराजित


312
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।

जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनायो ।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले ५८, सुशान्त मोदानीले ५४, आरोन जोन्सले ४३, सैटिजा मुक्कामल्लले ३६, निसर्ग पटेलले अविजित १८, क्यामरुन स्टेभेनसनले अविजित १६ रन बनाए ।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।