 
	    बझाङ । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल डाक्टर र कर्मचारीको अभावमा एक दशकदेखि बन्द छ ।

२०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार रुपैयाँ सहयोग तथा तत्कालिन ब्याँसी गाँउ विकास समितिको ७० हजार, मटेला गाँउ विकास समितिको ३ लाख र स्थानीयको ५० लाख रुपैयाँ भन्दा बढीको जन श्रमदानबाट निर्माण भएको अस्पताल ३ वर्ष मात्रै सञ्चालनमा आएपछि बन्द भएको हो ।

अस्पताल बन्द भएपछि लाखौं मुल्य पर्ने संरचना र उपकरणहरु कवाडीमा परिणत भएका छन् ।
अस्पतालमा एक जना पनि डाक्टर र कर्मचारी नभएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल बन्द भएपछि छविस पाथिभेरा गाँउपालिकाका बासिन्दा सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्