Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


उदयपुरका आठ स्थान कोरोना संक्रमणका लागि ‘डेन्जर जोन’, बेलैमा सावधानी अपनाउन माग


0
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ कोरोनाको डेन्जर जोनको रुपमा देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा संक्रमण देखिएपछि यी आठ स्थानलाई डेन्जर जोनमा राखेका बताए ।

शुरुमा भुल्केको नुरी मस्जिदमा लुकेर रहेका १२ भारतीय नागरिकमा संक्रमण देखिएको थियो ।

त्यसपछि अरुमा पनि संक्रमण सर्दै अहिले १६ स्थानीय मुस्लिममा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

समयमै यी स्थानका बासिन्दाको स्वाब नमूना संकलन र परीक्षण नगरे जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा फैलने त्रास बढेको छ । तर परीक्षण भने तीब्र हुन सकेको छैन ।