२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


असार १५ गते पदाधिकारी चयनबारे निर्णय हुन सक्छ : देव गुरुङ


221
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गर्नुभएको छ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताउनुभयो । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ती कहिले हुन्छ ? भनि प्रश्न गरेको थिए ।

आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने उहाँको जवाफ थियो ।

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नु भएको भेटलाई स्वाभाविकै रुपमा लिइएको प्रतिक्रिया दिनुभयो । उहाँले राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राख्नुभयो ।

विगतमा संसद विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले काँग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको नेता गुरुङले दोहो¥याउनु भयो ।