राजसंस्था पुनः स्थापना असम्भव : कमल थापा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


राजसंस्था पुनः स्थापना असम्भव : कमल थापा


1.287k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनः स्थापना असम्भव रहेको बताउनुभएको छ ।

राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजतन्त्र पुनः स्थापनाको विषय नै सकिएको दाबी गर्नुभयो ।

राजाले दलहरुसँग छलफल र समन्वय गर्नुपर्नेमा दुरी बढाएको उहाँको आरोप छ । थापाले राजतन्त्र पुनः स्थापनाको एजेण्डा बोकेर कार्यकर्तालाई भ्रममा पार्ने र सपना देखाउनु अब बेइमानी नहुने बताउनुभयो ।

राजतन्त्रका पक्षपाति राजनीतिक दललाई अहिले तत्कालै राजतन्त्रको एजेण्डा छोड्न समस्या भए पनि ढिलो चाँडो छोड्ने दाबी गर्नुभयो । थापाले राप्रपा नेपालको लोकतन्त्र र संविधानप्रतिको निष्ठा कायमै रहेको बताउनुभयो ।