म्याग्दी, वैशाख १० । ‘लकडाउन’का कारण मुस्ताङमा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ ।
कोरोनाभाइरसको संक्रमण बढी रहेको बेला यार्सा टिप्नु चुनौती हुने भन्दै जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।
यार्सा संकलन फुकुवा हुँदा जिल्लाबाहिरका मानिसको आउ–जाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ति ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाएको उनको भनाइ छ ।
यस सिजनमा मनाङ, म्याग्दी, बागलुङ, रुकुम, रोल्पालागायतका जिल्लाबाट मानिसहरु यार्सा संकलन गर्न मुस्ताङ जाने गर्छन् ।









प्रतिक्रिया दिनुहोस्