Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र निर्वाचित


143
Shares

अर्घाखाँची । अर्घाखाँचीमा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा एमाले र राष्ट्रिय जनमोर्चा निकट व्यवसायीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष दिल बहादुर वली, उपाध्यक्ष काजी श्रेष्ठ, महासचिव तुल्सीराम खनाल, सचीव सन्तोष बस्नेत, कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, सहसचिव लेखनाथ भुसाल निर्वाचित भएका छन् ।

यस्तै, महिला सदस्यमा सुमित्रा ढकाल, सपिना निशा, शिवप्रसाद बन्जाडे, कमल प्रसाद खनाल, डिल बहादुर सुनार, लेखनाथ भण्डारी, बाबुराम पौडेल, लक्ष्मण केसी, अतिशकिरण विक, मोतीलाल खनाल, श्यामकृष्ण श्रेष्ठ, चेतनारायण भुसाल, प्रकाश चन्द्र बन्जाडे, कृष्ण बहादुर विश्वकर्मा र तुल्सीराम पन्थी निर्वाचित भएका हुन् ।