बैतडी, वैशाख १० । आफ्नो बुवाको मृत्यु भएको चार दिन हुँदा पनि बैतडीका तीनजना मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन् ।
भारतीय ‘क्वारेन्टाइन’मा रहेका बेला ती मजदुरहरुका बुवा बितेका हुन् ।
जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुवा बितेको चार दिन भएपनि नेपाल प्रवेश गर्न नपाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइनमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भइरहेको जनाएको छ ।
आइतबार बुवाको मृत्यु भएपछि उनीहरुलाई बुधबार (आज) नेपाल ल्याउने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
उनीहरुलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिएको उनले बताए ।
उनीहरु तीनैजना पिथौरागढको गभर्रमेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका छन् ।
यसअघि, दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्ट आमाको मृत्यु भएपछि ६ दिनपछि नेपाल भित्रिएका थिए ।









प्रतिक्रिया दिनुहोस्