२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


लमजुङको सामूदायिक अस्पतालमा आईसियु र डायलासिस कक्ष सञ्चालन हुने


0
Shares

लमजुङ । बेसीशहरमा रहेको जिल्ला सामूदायिक अस्पतालमा आईसियु र डायलासिस कक्ष सञ्चालन हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै सरोकारवालाले अस्पतालमा आइसियु र डायलासिस कक्ष स्थापनामा जोड दिएका हुन् ।

दैनिक चार सयको हाराहारीमा बिरामीहरु आउने जिल्ला अस्पतालमा हालसम्म आईसियु र डायलासिस कक्ष छैन ।

आईसियु कक्ष नहुँदा आकस्मिक र गम्भीर प्रकृतिका विरामीहरु समस्यामा पर्दै आएका थिए ।

तत्कालका लागि कम्तीमा ५ बेडको आईसियु कक्ष सञ्चालन गर्ने तयारी भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत हेमन्त श्रेष्ठले जानकारी दिए ।

अस्पताल विकास समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले संघ तथा प्रदेश सरकारलाई समन्वयको अनुरोध गरेको छ ।

६० शैया रहेको जिल्ला सामुदायिक अस्पतालमा पछिल्लो महिना कोरोना भाइरसको उच्च जोखिम बढेसँगै विरामीहरुको चाप पनि घटेको छ ।

अस्पतालले ओपीडी सेवा बन्द गरेपछि हाल ६०-७० जनाको हाराहारीमा मात्रै विरामी अस्पताल आउने गरेका छन् ।