
कञ्चनपुर । महाकाली अस्पतालले भेन्टिलेटर खरिदका लागि आरजी सप्लायर्स कम्पनीसँगको खरिद प्रक्रिया रद्द गरेको छ ।
अस्पतालले कम्पनीलाई गत चैत २६ गते भेन्टिलेटरसहित चार प्रकारका उपकरण खरिद गर्न जिम्मा दिएको थियो ।
तर कम्पनीले सम्झौता अगावै पुराना तथा खिइएका सामान पठाएपछि अस्पतालले आरजी सप्लायर्स सँगको प्रक्रिया रद्द गरेको हो ।
भेन्टिलेटरसहितका उपकरणमा आपूर्तिकर्ता कम्पनीले सम्झौता अगावै प्रयोग गरिएका पुराना तथा खिया लागेका सामान ढुवानी गरी घात गरेकाले खरिद प्रक्रिया रद्द गरिएको हो ।
महाकाली अस्पताल प्रशासनका अनुसार आरजी सप्लायर्ससँगको खरिद प्रक्रिया रद्द भएसँगै भेन्टिलेटर खरिदका लागि नयाँ प्रक्रिया अघि बढाइएको छ ।
कोरोनाको महामारी बढेसँगै महाकाली अस्पतालमा आइसियु सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेको थियो
। अस्पताल प्रशासनले आरजी सप्लायर्सलाई २८ चैतमा तीन दिनभित्र सम्झौता गर्न पत्र पठाउँदै उपकरण खरिदको जिम्मा दिएको थियो ।
तर सप्लायर्सले उपलब्ध गराएको उपकरण गुणस्तरहिन पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छानबिन सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्