Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


उदयपुरमा कोरोना देखिएकाहरु सप्तरीका मस्जिदमा बसेर गएको खुलासा भएसँगै त्रास बढ्यो, सबै मस्जिद शील


0
Shares

सप्तरी । उदयपुरको भुल्केमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै सीमा जोडिएको सप्तरी जिल्लामा पनि त्रास बढेको छ ।

संक्रमितहरुको ‘ट्राभलिङ्ग हिस्ट्री’ अनुसार ११ जना भारतीय र एक नेपाली सप्तरीकै विभिन्न मस्जिदमा बसेर उदयपुर पुगेका हुन् ।

गत फागुन बोदेवसाइन नगरपालिकामा आयोजित इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा) मा सहभागी हुन आएका थिए ।

फागुन २२, २३ र २४ गते सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुर, वडा नम्बर ४ वलार्दह र वडा नम्बर २ सिद्धिपुर तथा कञ्चनरुप नगरपालिकास्थित मस्जिदमा करिब एक साता बसेर उदयपुरतर्फ लागेका थिए ।

सप्तरी प्रशासनले हाल चार ओटै मस्जिद क्षेत्रलाई सिल गरि स्थानीयको र्‍यापिड डाइग्नोटिक टेष्ट गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

हालसम्म सप्तरीमा कोरोना संक्रमणको आशंका गरिएका १८ जनाको स्वाब परीक्षण गरिएको छ ।

अन्य २२ जनाको रिपोर्ट आउन बाँकी छ । यसैगरी पाँच सय ५३ जनाको आरडिटी गरिएको छ । सबैको स्वाब रिपोर्ट नेगेटिभ तथा तीन जनाको आडिटी रिपोर्ट पोजिटिभ आएको छ ।