सर्लाही । लकडाउन सुरु भए यता सर्लाहीको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्र दैनिक सयौं रुख कटान हुन थालेको छ ।
वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेस मनी त्रिपाठीको पदोन्नती भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन भएको छ ।
परियोजना प्रमुख नभएको मौका छोपेर तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको वन विकासकै कर्मचारीले जनाएका छन् ।
नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख क्यूफिट काठ चोरी भइसकेको एक कर्मचारी बताउँछन् ।
उता सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले कोरोना भाइरस नियन्त्रणमा लागिरेहेका बेला तस्करहरु चोरी शिकारीमा लागिपरेको बताए ।
उनले तस्करहरु नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताए ।








प्रतिक्रिया दिनुहोस्