डडेल्धुरा । कोरोनाको संक्रमण फैलिइरहेको बेला लकडाउनमा डडेल्धुराका महिलाहरुले बाँझो जग्गा खनजोत गर्दै सदुपयोग गरिरहेका छन् ।
अमरगढी नगरपालिका वडा नं.५ सेलागाउँका महिलाले लकडाउनको समयमा एक दशकदेखि बाँझो रहेको जग्गा जमिन सामूहिक रुपमा खनजोत गर्दै फूर्सदिलो समयको सदुपयोग गरेका हुन् ।
गाउँ छाडेर बजार नजिक बसोबास गरिरहेका र गाउँमै बस्ने स्थानीय किसान महिलाहरुले सामूहिक रुपमा आफ्नो गाउँमा पर्म गरेर एक दिन एक जनाको र अर्को दिन अर्काको गरि खेतबारी खन्न शुरु गरेका हुन् ।
सेलागाउँमा रहेका करिब ३० परिवारमध्ये २३ परिवार गाउँ छोडेर बजारतिर बस्ने गरे पनि अन्ततः गाउँ नै चाहिने भन्दै पुन खेती लगाउने सोचमा रहेको स्थानीय महिलाको भनाई छ ।
खेतीपाती नष्ट गर्ने जंगली जनाबरको दिगो समाधानका साथै सिँचाईको व्यवस्था गरिदिए बाँझो जग्गा प्रयोगमा आउने विश्वास छ ।










प्रतिक्रिया दिनुहोस्