
काठमाडौं, वैशाख ९ । एनआईसी एसिया बैंकले विगत तीन वर्षमा बैंकले चमत्कारिक फड्को मारेको दाबी गरेको छ ।
वाणिज्य बैंकमध्ये सबैभन्दा बढी ३१९ शाखाको सञ्जाल रहेको, ग्राहक संख्या २१ लाखभन्दा बढी रहेको, तीन हजार ६०० कर्मचारी रहेको र दुई खर्ब ३० अर्बभन्दा बढीको वासलात रहेको भन्दै अनिकांश वित्तीय परिसूचकहरु अग्रस्थानमा रहेको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले चैत महिनाभित्रै ब्याज र किस्ता बुझाएकालाई १० प्रतिशत छुट दिइएको दाबी गरेका छन् ।
यस्तै, बैंकले नेपाल सरकारलाई गत वर्षमात्रै तीन अर्ब १५ करोड रुपैयाँ राजस्व बुझाएको जानकारी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्