
बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख ९ । सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–५ का ३४ वर्षीय युवकको लगातार दुईपटकसम्म कोरोना परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो ।
उनको तीनपटक परीक्षण गर्दासम्म कोरोना रिपोर्ट ‘पोजिटिभ’ देखाएको थियो । उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएर मंगलबार डिस्चार्ज भएका हुन् ।
यसअघि, सेतीमै उपचाररत् लम्कीका २१ वर्षीय संक्रमित युवक पनि निको भएर डिस्चार्ज भएका थिए । अब सेती अस्पतालमा तीनजना संक्रमितको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्