१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


वर्षमान पुन र मिनेन्द्र रिजालको एकै स्वर– ‘आन्तरिक ऋणको सीमा राख्नुपर्छ’


65
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतितिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै सांसदसमेत रहेका पुनले पछिल्लो समय आन्तरिक ऋण अत्याधिक रूपमा बढेकोले सीमा राख्नुपर्ने बताउनुभएको हो ।

सांसद पुनले विगतमा मुलुकको कुल गार्हस्थ्य उत्पादनको २.५ रहेकोमा अहिले ५ प्रतिशत भन्दा बढी पुगेको बताउनुभयो । आन्तरिक ऋण वृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताउनुभयो ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका सांसद पुनले वैदेशिक ऋणलाई उत्पादनमुलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीतिको समर्थन गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता रिजालले पनि सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताउनुभयो ।

नेता रिजालले भूकम्प भन्दा अगाडि १३ प्रतिशत वैदेशिक ऋण रहेकोमा अहिले बढेर जिडिपीको एक चौथाई पुगेको बताउनुभयो । उहाँले अघिल्लो जनताले म्यान्डेट दिएर बनाएको शक्तिशाली सरकारले ठूलो विकास गर्ने आत्मविश्वास गरेर ऋण लिने काम गरेपनि उपलब्धिमुलुक काम गर्न नसेको बताउनुभयो ।

सांसद रिजालले पछिल्लो समय बैंकको ब्याजदरसमेत उच्च बढ्दै गएकाले सरकारले आन्तरिक ऋणमा जिडिपीसँग मिल्ने गरी लिमिट तोक्नुपर्ने बताउनुभयो ।