Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन


32.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिनुभएकाे छ ।

आज (शुक्रबार) बिहान उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएकाे हाे । तेलीले चर्को ब्याजमा ऋण दिएर सप्तरीका विपन्न नागरिकमाथि अत्याचार गरेका कारण प्रधानमन्त्री देउवाले पक्राउ गर्नका लागि निर्देशन दिनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे।

मिटरब्याजी तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार समेत सार्वजनिक भएको थियाे । प्रतिनिधिसभाकाे बैठकमा पनि सांसदले रामदेव तेलीलाई कारबाही गर्नका लागि सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।