२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


शव गाड्ने पक्राउ


0
Shares

जनकपुरधाम, बैशाख ९ । इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुईजना सञ्चालकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका  प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भट्टाका मजदुर  सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए ।

४० वर्षीय नदाफको सोमबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।

नदाफको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ भने  पक्राउ गरिएका सञ्चालकहरुको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । रासस