Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


म्याग्दीमा असिना पानीले बालीनाली नष्ट


0
Shares

म्याग्दी । ज्यामरुककोट, भकिम्लीको तोराखेत लगायतका क्षेत्रमा असिना पानीले बालीनाली नष्ट गरेको छ ।

म्याग्दीको पश्चिमी भेगका अधिकाँश ठाउँमा हिजो बेलुकी परेको असिना पानीले गहुँ, जौ, उवा लगायतका खाद्यान्न र तरकारी तथा फलफूलमा ठूलो क्षति पुगेको हो ।

स्थानीय सरकारले असिना पीडित कृषकलाई राहत स्वरुप ३८ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय भएपनि लकडाउनका कारण वितरण गर्न नसकिएको बेनी नगरपालिका–२ का वडअध्यक्ष हिराबहादुर थापाले बताए ।