काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड–१९ संक्रमणको परीक्षण गराउनेहरु बढ्न थालेका छन् ।
केही दिनअघि काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।
महानगरपालिकामा गत बुधबारदेखि शुरु भएको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा अहिलेसम्म ८ सय ८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
३२ वडा रहेको काठमाडौं महानगरपालिकामा हालसम्ममा २५ वटा वडाका शंकास्पद व्यक्तिको परीक्षण भएको छ ।
विदेशबाट फर्किएर यहाँ बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको पनि परीक्षण शुरु भएको छ ।
परीक्षणको क्रममा कोही छुटेका हुन सक्ने र त्यस्तो जानकारी भएमा सम्बन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खबर गर्न महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आग्रह गरे ।
महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले गत फागुन १८ पछि विदेशबाट फर्किएका ३ सय २१ जनाको विवरण संकलन भएको बताए ।








प्रतिक्रिया दिनुहोस्