Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर बन्द


0
Shares

काठमाडौं, वैशाख ८ । काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर बन्द गरिएको छ ।

यही वैशाख ४ गतेदेखि नयाँ आउने किरियापुत्रीहरुलाई सेवा दिन बन्द गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले कोरोनाभाइरसको संक्रमण फैलिने सम्भावना बढी भएकाले सेवा बन्द गरिएको बताए ।

उनले ४ गतेभन्दा अगाडि बसेका किरियापुत्रीहरुलाई सबै सुरक्षाको व्यवस्था गरेको भन्दै नयाँ आउनेलाई मात्र रोकिएको जानकारी दिए ।

कार्यकारी निर्देशक डा. खतिवडाले कोषले आफ्नो मुख्य कामहरु गर्दै आइरहेको भन्दै किरियाघर कोषको अतिरिक्त सेवा भएको बताए ।

उनले अहिलेको स्थितिमा किरियापुत्रीको लागि किरियापुत्रीघर उपयुक्त नभएको भन्दै सेवा लिन आउने सबैलाई आफ्नै घरमा बस्न आग्रह गर्ने गरेको बताए ।

किरियाघरमा किरियापुत्री सेवाको लागि ४२ ओटा कोठा रहेको छ । त्यहाँ अहिले पनि ३० ओटा कोठामा किरियापुत्रीहरु बसिरहेका छन् ।