प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउनुपर्छ : पद्मा अर्याल « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउनुपर्छ : पद्मा अर्याल


143
Shares

काठमाडौं । नेकपा(एमाले)की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याइनुपर्ने बताउनुभएको हो ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरीकन राखिरहनु नहुने उहाँले बताउनुभयो ।

सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निश्चित उद्देश्य पुरा गर्नका निम्ति ल्याइएको बताउनुभयो । उहाँले महाअभियोग लगाइसकेपछि कानूनसम्मत् रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।