
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पार्टी एकताका लागि आग्रह गर्नुभएको छ ।
जनकपुरमा आज (बुधबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विगतका गल्ति सच्याएर अगाडि बढ्न लोसपा नेताहरूलाई उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले मधेशको मत बाडिँदा जनतालाई फाइदा नभएकाले एकताका लागि आफूहरू तयार रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले सत्ता गठबन्धनलाई निरन्तरता दिइने भन्दै पाँच दलीय गठबन्धन आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म रहिरहने पनि बताउनुभयो । फुटेर नभई जुटेर अगाडि बढ्न चाहेकाे उहाँकाे भनाइ छ। उहाँले सामाजिक न्याय र राष्ट्रहितको लागि गठबन्धन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । प्रतिगामीलाई परास्त गर्न पनि गठबन्धन आवश्यक रहेको अध्यक्ष यादवको तर्क छ ।
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गरिनुपर्ने भन्दै मधेशमा ५३ प्रतिशत जनसंख्या रहेकाले सोहीअनुसारको निर्वाचन क्षेत्र बनाइनुपर्ने उहाँले बताउनुभयो ।
नागरिकता विधेयक संसदको जारी अधिवेशनमा पेश भएर पारित हुने पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्