२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


तीनै तहको सरकारले आपसी समन्वय गरि कोरोना विरुद्ध लड्नुपर्छ : मुख्यमन्त्री शाही


0
Shares

सुर्खेत, बैशाख ८ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सबै तहका सरकार बीचको आपसी समन्वयमा कोरोना भाइरसको बिरुद्ध लड्नु पर्नेमा जोड दिए ।

सोमबार कर्णाली प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय प्रमुखसंगको भिडियो कन्फ्रेन्समा वोल्दै मुख्यमन्त्री शाहीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारहरु गम्भिरतापुर्वक लाग्नुपर्ने वताए ।

स्थानीय तहले कोरोना भाईरसको प्रतिकार्यका लागि गरिरहेका प्रयास प्रशंसनीय रहेको वताउदै मुख्यमन्त्री शाहीले जिल्ला समन्वय समितिले आफ्नो जिल्लाका स्थानीय तहबीच समन्वय गरि प्रदेश सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । मुख्यमन्त्री शाहीले स्थानीय तहले लकडाउनलाई कडाई गर्नुपर्ने पनि बताए ।