१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


अख्तियारबाट ४ जनप्रतिनिधिलाई निलम्वन गर्न निर्वाचन आयोगलाई पत्राचार


429
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई निलम्वन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

अख्तियारले उनीहरु भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै निलम्वनका लागि पत्राचार गरेको हो । यसरी पत्राचार गरिएकाहरुमा कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, सोहि गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष नन्दराम गिरी, नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिराम भण्डारी र अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरतबहादुर रावल रहेका छन् ।

उनीहरु चारै जना गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु हुन् । मोहन्याल गाउँपालिका अध्यक्ष जोशीविरुद्ध यसअघि गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष हुदाँ आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले लगाएको छ । सोही पालिकाकाको वडा नम्बर ३ का वडाध्यक्ष गिरी विरुद्ध सार्वजनिक जग्गा दुरुपयोगको गरेको आरोप अख्तियारले लगाएको छ ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिराम भण्डारी विरुद्ध स्थानीय सुलक्षण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हुँदा आर्थिक अनियमितता गरेको तथा अछामको पञ्चदेवल गाउँपालिकाको वडा नम्बर ७ का अध्यक्ष रावलले स्थानीय कालीदेवी माध्यमिक विद्यालयको शिक्षक रहदा भष्ट्राचार गरेको आरोप अख्तियारले लगाएको छ । उनीहरुमध्ये कतिपय भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेको तथा कतिपयको कसुर ठहर भएका रहेको आयोगले जनाएकाे छ ।

अख्तियारको पत्राचारसँगै उनीहरु निलम्वित समेत भएका छन् ।