१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द


104
Shares

काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्याल बन्द गर्न थालिएको छ ।

बेदकोट नगरपालिकाले आज बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने हुनाले लामो बिदाबाट मिलाउने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

यस्तै, भीमदत्त नगरपालिकाले पनि मंगलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरेको छ ।

गर्मीले विद्यार्थी तथा शिक्षकलाई असर पर्ने भन्दै विद्यालय बन्द गरिरहेको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले जनाएको छ ।

नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३ सय ४९ र सामुदायिक २ सय ६० वटा विद्यालय रहेका छन् ।