Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपालमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित भेटिएनन्, १११ जना ‘आइसोलेसन’मा


0
Shares

काठमाडौं, वैशाख ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षणमा नयाँ संक्रमित नभेटिएको जनाएको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मुलुकभरि पछिल्लो २४ घन्टामा ‘पीसीआर’ प्रविधिबाट ३२४ र ‘आरडीटी’मार्फत् २१ सय ६८ जनामा कोरोना परीक्षण गर्दा नयाँ ‘पोजिटिभ केस’ नदेखिएको जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाकाअनुसार हालसम्म देशभर आठ हजार ४१४ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ ।

हालसम्म पीसीआर र आरडीटी दुवै प्रविधिबाट देशभर ३३ हजार ५६२ ओटा परीक्षण भएका प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनले देशभर पाँच हजार ९३६ जना ‘क्वारेन्टाइन’मा रहेको र १११ जना ‘आइसोलेसन’मा रहेको जानकारी दिए ।

नेपालमा हालसम्म ३१ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएकोमा चारजना निको भएर घर फर्किसकेका छन् । बाँकी २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भिडियो हेर्नोस्