
वीरगन्ज । देशकै ठूलो औद्योगिक करिडोर वीरगन्ज पथलैया औद्योगिक करिडोरमा विद्युत अनियमिता हुँदा औद्योगिक क्षेत्रमा ठूलो नोक्सानी भएको छ ।
विगतमा उर्जा संकट बेहोरेका यहाँका उद्योगी व्यवसायीहरूले लोडसेडिङ नभएको अवस्थामा विद्युत अनिगमित हुँदा ठूलो नोक्सानी बेहोनुपरेको गुनासो गरेका छन् । विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको घोषण गरेपनि बारा र पर्साका उद्योगमा विगतको लोडसेडिङलाई पनि बिर्साउने गरी विद्युत अनियमित भएको उद्योगीहरूले बताएका छन् ।
लोडसेडिङ भएको समयमा तालिका सार्वजनिक हुने गरेको र त्यहि अनुसार उद्योग सञ्चालन गर्नुपर्ने अवस्था थियो । तर, अहिले लोडसेडिङ नभएकाले ढुक्कसँग उद्योगहरू सञचालन गर्दा जुनसुँकै समयमा विद्युत काटिने गरेकाले उपकरण र उत्पादनमा समेत ह्रास आउने गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्