कैलाली, वैशाख ८ । नेपाल पत्रकार महासंघ कैलालीले सञ्चारकर्मी र सञ्चारगृहको घरभाडा मिनाहा गरिदिन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै ‘लकडाउन’का कारण समस्या परेको भन्दै सञ्चारगृह र कैलालीमा कार्यरत् सञ्चारकर्मीको घरभाडा मिनाहा गरिदिन आग्रह गरेको हो ।
यस्तै, महासंघले कोरोनाभाइरसको सन्त्रासकाबीच कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई सुरक्षितरुपमा काम गर्न पनि आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्