गुल्मी, वैशाख ८ । गुल्मीको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका १५ वर्षीय छोरा समिर खनालको मृत्यु भएको हो ।
आगलागीमा परेर एकै परिवारका तीनजना घाइते भएको चन्द्रकोट प्रहरीचौकीका इन्चार्ज रामप्रसाद धबलले जानकारी दिए ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगलागीले पसलको सबै सामग्री जलेर नस्ट भएको छ ।









प्रतिक्रिया दिनुहोस्