Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


उदयपुरमा सेनाको स्वास्थ्य टोलीद्वारा स्वाब संकलन


0
Shares

उदयपुर, वैशाख ८ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३, भुल्केमा स्वाब संकलन थालेको छ ।

नेपाली सेनाको छाउनीस्थित अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा रहेको स्वास्थ्य टोलीले मस्जिदनिकट बस्तीका १५२ जनाको स्वाब संकलन गरेको हो ।

२५२ जनाको स्वाब संकलन गर्ने लक्ष्य लिएको सेनाले १५२ जनाको स्वाब संकलन भएको र बाँकी सोमबार (आज) लिइने जनाइएको छ ।

संकलित स्वाब कोसी अस्पताल पठाइएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

यसअघि पनि मस्जिद रहेको बस्तीका ६६ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो ।

१२ भारतीय जमाती र एक नेपालीलाई कोरोना ‘पोजिटिभ’ पुष्टि भएसँगै त्रियुगा नगरपालिकामा संत्रास फैलिएपछि सेनाको स्वास्थ्य टोली उदयपुर आएको हो ।